‘बेहुली फ्रम मेघौली’का क्ल्प्सि राखे सामाजिक सञ्जालको अकाउन्ट बन्द हुने

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को क्ल्प्सि राख्ने सामाजिक सञ्जालका अकाउन्ट बन्द हुने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बेहुली फ्रम मेघौली’का दृश्य राख्ने अकाउन्ट बन्द गरिदिने भएको हो ।  ‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष  उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत रूपमा सिनेमाका दृश्य खिचेर राख्ने वा सेयर गर्ने अकाउन्ट बन्द गरिदिने बताएको हो । 

“हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरमा हाल्नुभएको छ भने तपाईंको एकाउन्ट बन्द हुनेछ,” बेहुली फ्रम मेघौलीका कलाकार तथा निर्माता निश्चल बस्नेतले भनेका छन्, “साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउँ ।”  उनले कानुनी प्रक्रिया अगाडि बडिसकेको बताएका छन् ।

‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ ।  यो चलचित्रले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।  चलचित्रको मुख्य भूमिकामा निश्चल र स्वस्तिमा खड्का छन् । लगानी पनि उनीहरूकै छ ।  पहिलो दिनदेखि नै सिनेमाको क्लाइमेक्ससहितका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको असर ब्यापारमा पनि देखिने भएपछि निर्माण टिम प्रहरीकोमा पुगेको हो ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ