काठमाडौं–हेटौंडा जोड्ने सबै सडक सञ्चालन

सञ्जु शर्मा
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

मकवानपुर । बाढीपहिरोका कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् । गतहप्ताको अविरल वर्षासँगै हेटौंडाबाट काठमाडौं जोड्ने चारवटा बाटो पूर्णरुपमा बन्द भएका थिए । मंगलबार बिहानबाट हेटौंडा–ठिंगन हुँदै टिकाभैरव जोड्ने कान्तिलोकपथ पूर्णरुपमा सञ्चालनमा आएसँगै वर्षाले अवरुद्ध भएको सम्पूर्ण सडक १० दिनभित्रमा सञ्चालनमा आएका हुन् । सोमबारदेखि बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध हेटौंडा—भीमफेदी—कुलेखानी—फाखेल—फर्पिङ र हेटौंडा—भीमफेदी—कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा आएका थिए ।

वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी–प्रशासन र स्थानीय एवम् जनप्रतिनिधिको सक्रियतामा मर्मतसम्भार गरेर यी सडक सञ्चालनमा ल्याइएको हो । हेटौंडाबाट–भैंसे–टिष्टुङ हुँदै त्रिभुवन राजपथको नौबिसे सडकखण्ड बन्द भएको तेस्रो दिनबाट सञ्चालनमा आएको थियो ।

संघीय राजधानीसँगको पहुँचमार्ग अवरुद्ध हुँदा हेटौंडा–टिष्टुङ–चित्लाङ हुँदै चन्द्रागिरिको लामो र अप्ठ्यारोबाटो हुँदै हेटौंडा-काठमाडौं आउजाउ गरिँदै आएको थियो । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिले फाखेल, सिस्नेरी र कान्तिलोकपथको बाटोमा साना सवारीलाई मात्र आउजाउ गर्न दिएको छ ।

बुधबारबाट कान्तिलोकपथको बाटो ठूला सवारी सञ्चालन गर्न दिने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । ‘ललितपुर र मकवानपुरको प्रहरी र ट्राफिकको टोलीले आज कान्तिलोक पथको अनुगमन गर्दैछौं । त्यसपछि मात्र ठूला सवारीको विषयमा हामी निचोडमा पुग्दैछौं ।’

प्रहरी उपरीक्षक खड्काका अनुसार ठूला सवारीलाई हाल नारायणघाट–मुग्लिन र हेटौंडा–टिष्टुङ–नौबिसे सडक खण्डको प्रयोग गर्न भनिएको छ । उनका अनुसार भर्खरै मात्र बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको कारण तत्काललाई ठूला सवारी आउजाउलाई अनुमत्ति नदिइएको हो । फाखेल, सिस्नेरी र कान्तिलोकपथ भएर सोमबारमात्र १३ सयभन्दा बढी सवारी साधान हेटौंडा आउजाउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी चौकीलाई बाटो सफा गर्न र आवश्यक मर्मत सम्भारका लागि डोजर तथा स्काभेटर जिम्मा लगाएको छ । ‘सडक बिग्रिएमा तत्काल मर्मत गर्ने गरी संयन्त्र परिचालन गरिएको छ ।’ दसैंका कारण काठमाडौं छोड्नेको संख्या बढ्दा काठमाडौंसँग पहुँच भएको छोटो मार्गमा सवारी चाप बढिरहेको छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ