सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा अर्थात दशैंको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ ।

पौडेलले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।

साथै सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ । त्यस्तै राष्ट्रपति पौडेलले बडादशैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने छन ।

यता, पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाई दिने तयारी गरेका छन् । पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

संवाद सचिवालयले एक सूचना जारी दशैंका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई अपरान्ह ४ बजे पूर्वराजाले टीका लगाइदिने जानकारी दिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
63%
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ