वडादशैंमा राष्ट्रिय सभा अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोली जेनेभा प्रस्थान

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अन्तर९व्यवस्थापिका संघ (आईपीयूं)को १४९ औँ महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको छ।

गएराति ९शुक्रबार० अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महासभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो।

असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९ औँ महासभामा सहभागी हुने नेपाली संसदीय प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी छन्। त्यसैगरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि प्रतिनिधिमण्डलमा छन्।

आईपीयूको महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा सदस्यद्वय सुनिता बराल र निशा डाँगीले ‘फोरम अफ योङ पार्लियामेन्टेरियन फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागिता जनाउनेछन् ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर९व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
29 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ