Ad imageAd image

मनकामना केवल कार तीन दिन बन्द रहने

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ ।


मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो। मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ।


केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ। त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन्।

ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ। १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।

- Advertisement -
Ad imageAd image

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
94%
शनि
28 °C
आइत
24 °C
सोम
25 °C
मंगल
21 °C
बुध
20 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ