पशुपति गौशाला धर्मशाला विवाद : सरकारी शैलीप्रति आपत्ति

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।

काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशालामा कब्जा गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा मारवाड़ी सेवा समिति र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुबीच आयोजित विमर्श कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाड़ी समुदाय माथि मात्रै नभइ हिन्दूहरुको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको आरोप लगाएका छन् ।

विश्वभरीबाट आउने हिन्दू श्रद्धालुहरुको बसोबास र भोजनको व्यवस्थापन संगै गौशालामा गौ पालन हुँदै गरेको र झण्डै एक सय जना मृगौला रोगी को निःशुल्क डाइलेसिस भई रहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरित महानगरपालिकालाई संचालनको जिम्मा दिएकोप्रति उनीहरुको आरोप छ । 

कार्यक्रममा उपस्थित पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पशुपति गौशाला धर्मशाला माथिको आक्रमण सामान्य कुरा नभएको र यसको पछाडि हिन्दू धर्ममा आस्था राख्नेमाथि षडयन्त्रको एउटा सानो शुरुआत भएको बताए ।

पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरुको भर्ती केन्द्र बनेको पराजुलिको भनाई रहेको छ। उनले कोषको जग्गामा चर्च र मस्जिद चलाउन दिने तर हिन्दूहरुले गौशाला चलाउँदा अवरोध गर्ने कुरा सह्य नहुने चेतावनी दिए ।

यस कार्यक्रममा उपस्थित पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि कोषका अहिलेका पदाधिकारीहरुले मारवाड़ी सेवा समितिलाई अनाहकमा दुःख दिएको बताए ।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल, विश्व हिन्दू महासंघलगायत एक दर्जन संघ संस्थाका प्रतिनिधिहरु थिए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका महासचिव देवेश झाले बाहिरबाट घटना सामान्य देखिदा पनि भित्रबाट ठूलै षड्यन्त्र भएको बताए ।

उनले कोषका सदस्य सचिव मिलन थापाको भूमिका शंकास्पद रहेको बताउँदै मेयर बालेनको धर्मशाला कब्जा गर्ने कार्यशैली ‘गुण्डा नाइक’जस्तै रहेको बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
scattered clouds
16° _ 16°
77%
2 km/h
शनि
14 °C
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ