बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले थाल्यो अध्ययन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गत असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहसचिव गोकर्णमणि दवाडीले विभिन्न ३४ वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिए । 

प्राकृतिक विपद् जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक,झापा, महोत्तरीलगायतका ४९ स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृहसचिव दवाडीले विपद् पूर्व तयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयम्सेवक ब्युरो गठन गरिएको र हालसम्म ब्युरोमा एक लाख एक हजार दुई सय ८८ जना स्वयम्सेवक दर्ता भइसकेको जानकारी गराए ।

बैठकमा सांसदहरुले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने हुनाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन समेत भएको बताएका छन् ।

शुक्रबार समितिले गृह मन्त्रालयसँग विपद व्यवस्थापन सम्बन्धमा छलफल गरेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
1 km/h
शुक्र
21 °C
शनि
23 °C
आइत
24 °C
सोम
25 °C
मंगल
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ