आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत दुई समिति र राष्ट्रिय सभा अन्तरगत एक समितिको बैठक बस्दैँछ ।

बिहिबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो भने राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

यस्तै, आज राज्य व्यवस्थापन समितिको बैठक कानून समितिको सभाकक्षमा हुदैँ छ भने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १२ः१५ बजे बस्दैँछ ।

त्यसैगरि, शिक्षा समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्दैँछ ।

यस्तै, प्रत्यायोजित विधायन समितिको बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लगिएको छ भने सम्बन्धित सरोकारवाला विभागका महानिर्देशकहरुसँग राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । बैठक दिनको १२ः३० बजे बस्दैँछ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ