जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।

बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रिएका हुन् ।

विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसर भित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन् ।

यसअघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन । नियतवस निजी क्यामपसका सञ्चालकहरुको पैसाको चलखेल र मिलेमतोमा नौंसय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले यो निर्णय आजै नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
3 km/h
बिहि
18 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ