पर्यटन व्यवसायी प्रेम घलेको निधन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको हो ।
घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
घले सक्सेस ट्राभल्सका संचालक हुन । उनले ट्राभल्ससङ्गै अन्य व्यावसाय पनि संचालन गर्दै आएका थिए ।
नेपालमा गुणस्तरीय पर्यटक भित्राउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घलेको निधनसङ्गै नेपालले एक सफल युवा पर्यटन व्यावसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन व्यावसायीहरुले दुख व्यक्त गरेका छन ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ