मौसम पूर्वानुमान : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मधेस प्रदेशको पश्चिमी तराईका भूभाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

यस्तै आज राति कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
thunderstorm
16° _ 16°
59%
3 km/h
मंगल
17 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ