नेपालको भन्दा भारतको कानून कडा छ : मन्त्री चौरसिया

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  नेपालको भन्दा भारतको कानून कडा भएको बताएका छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अपराधिक विषयमा भारतको कानून कडा भएको बताएका हुन् ।

उनले भने, ‘कानूनले  के भन्छ भने सयवटा दोषी छुटेपनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ । भारतीय सिमानामै मेरो घर पर्छ । भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ ।  झ्यालढोका केही छाड्दैन् । घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ । नेपालको कानूनमा यो छैन । त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ । भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ ।’

साथै उनले परियोजन लाग्ने बित्तिकै सबै मान्छे दोषी र सबै निर्दोष हुन्छन् भन्ने नहुने बताए । उनले नेपालको जुन न्याय दिने अदालत छ त्यसलाई सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताए ।

यसैगरी रास्वपाकी सांसद सोविता गौतमले हिरासतमा बसेका कैदी बन्दीहरुलाई श्रमसँग जोड्न आग्रह गरेकी छन् । उनले सरकारले छिटो भन्दा छिटो कैदी बन्दीहरुलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउन आग्रह गरेकी हुन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
72%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ