इटालियन लेजेन्ड जियानलुइजी बुफोन केपी ओली कपका निम्ति नेपाल आउँदै

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं : इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन केपी ओली कपका निम्ति नेपाल आउन लागेका हुन् ।

प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बुफोन नेपाल आउने निश्चित भएको पुष्टि गरे । उनले बुफोन प्रतियोगिताका दौरान नेपाल आउने निश्चित भए पनि समय भने तय भइनसकेको बताए ।

“केपी ओली कपका निम्ति इटालीका बुफोन नेपाल आउँदै छन् । प्रतियोगिता सुरु हुन दुई दिनमात्र बाँकी छ, त्यसैले उद्घाटनमा आउन अहिले सम्भव देखिँदैन । तर, प्रतियोगिताका दौरान उनी उपस्थित हुनेछन्,” प्रवक्ता पौडेलले भने ।

युवा संघका अर्का एक उच्च अधिकारीका अनुसार, बुफोन प्रतियोगिताको समापन समारोहमा उपस्थित हुने सम्भावना उच्च छ । बुफोनको नेपाल बसाइँ करिब एक हप्ताको हुने उनको भनाइ छ ।

इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ