प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजान गणराज्यको राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए । उनले हिमालदेखि समुद्रसम्मको अवधारणमाा ठुला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरुले साझा प्रयास चाल्नुपर्ने बताए । 

सगरमाथा संवादका लागि उक्त मुलुकबाट नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरु विश्व समुदायसमक्ष पु¥याउने बताए ।

भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैह्रआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
3 km/h
बिहि
18 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ