Ad imageAd image

गुणस्तरीय कामका लागि विशिष्टीकृत निकायको स्थापना गरिनेः शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्र नै सुरक्षण मुद्रण सम्बन्धी भरपर्दो र गुणस्तरीय काम गर्नका लागि विशिष्टीकृत निकायको स्थापना गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले विचाराधीन सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुरक्षण मुद्रणका कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले अतिरिक्त हुलाक सेवालाई चरणबद्ध रुपमा खारेज गर्ने र हरेक स्थानीय तहमा एक हुलाक सेवा विभाग स्थापना गर्ने सरकारको सोच रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राष्ट्रिय सभाबाट प्राप्त संशोधन र मूल विधेयक तथा वर्तमान परिवेशलाई आत्मसात् गरेर सांसदहरूबाट आउने सुझावका आधारमा विधेयकलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

बैठकमा समितिका सांसदहरुले कानुनहरू बनाउँदा विदेशमा प्रयोग भएका व्याख्या र शब्दावलीलाई कपिपेष्ट गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै मुद्रण क्षेत्रमा कार्यरत जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत निकायलाई पनि संलग्न गराउने गरी सुरक्षण मुद्रण केन्द्रले काम गर्न सक्ने व्यवस्था विधेयकमा गरिनुपर्नेमा जोड दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
88%
2 km/h
शनि
21 °C
आइत
26 °C
सोम
27 °C
मंगल
27 °C
बुध
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ