Ad imageAd image

साहित्य मन थाइल्याण्डद्वारा मजदुर दिवसमा ‘श्रम र सिर्जना’ विशेष विमर्श तथा काव्य गोष्ठी सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक– अन्तर्राष्ट्रिय मजदुर दिवस २०२६ को सुअवसरमा साहित्य मन थाइल्याण्डले ‘श्रम र सिर्जना’ विषयको एक विशेष साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आइरहेको ‘आदर्श दिव्य दर्पण’को १५औँ शृङ्खलालाई यस पटक श्रमिकहरूको सम्मान र उनीहरूको योगदानलाई साहित्यमार्फत उजागर गर्न समर्पित गरिएको हो।

साहित्यकार विनोद नेपालको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा श्रमको गरिमा र सिर्जनात्मक शक्तिको गहिरो सम्बन्धमाथि विमर्श गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालले श्रमिकका हातहरू केवल श्रमका प्रतीक मात्र नभएर सभ्यताका वास्तविक निर्माता र पसिनाद्वारा जीवनको महाकाव्य लेख्ने मौन कवि भएको धारणा राख्नुभयो। उहाँले श्रमिकका पीडा र अनुभवको अभिव्यक्तिले नै समाजको दृष्टिकोण र चेतना परिवर्तन गर्न सक्ने बताउँदै सिर्जनालाई केवल कलाका रूपमा मात्र नलिई अन्याय विरुद्धको आवाज र मानवताको पक्षमा उभिने एउटा महत्त्वपूर्ण जिम्मेवारीका रूपमा व्याख्या गर्नुभयो। जुनसुकै परिवेश र बाध्यतामा रहेका श्रमिकहरूको सम्मान गर्नु सबैको दायित्व भएकोमा उहाँको विशेष जोड थियो।

सो साहित्यिक गोष्ठीमा विभिन्न स्रष्टाहरूले श्रमिकको जीवन, राष्ट्रियता र मानवीय संवेदना समेटिएका रचनाहरू प्रस्तुत गर्नुभएको थियो। स्रष्टा छविलाल कोपिलाले ‘पसिनाको सुगन्ध’ र ‘फलाम र सुन’ जस्ता प्रभावकारी कविता वाचन गर्नुभयो भने राधा गौतमले ‘हातमा घाउ मनमा सपना’ र ‘एकदिनको छुट्टी’ मार्फत श्रमिकका व्यथा पोख्नुभयो। धिरज प्रताप मल्ल ठकुरीले ‘आस्थाको ईश्वर’ र ‘एक पागल मानिस’ तथा निमबहादुर थापाले ‘म तिमीलाई देश देखाउँछु’ र ‘राजमार्ग’ कवितामार्फत वैचारिक चेतना प्रस्तुत गर्नुभयो।

त्यसैगरी, शङ्कर घर्तीमगरले आफ्ना चोटिला गजलहरू मार्फत कार्यक्रममा रौनक थप्नुभयो भने श्रुति सेजलले ‘श्रमको मूल्य’ र ‘देश बिक्रीमा छ’ जस्ता समसामयिक विषयका कविता सुनाउनुभयो। ध्रुव अर्याल निरसले ‘बुद्ध र शान्ति’ कविता वाचन गर्नुभएको सो कार्यक्रममा थाइल्याण्डबाट रविचन्द्र अधिकारीले ‘जीवन’, भीमलाल खनालले ‘समयको पदचाप’ र राज पौड्यालले गजलमार्फत श्रम र जीवनको दर्शन प्रस्तुत गर्नुभयो।

- Advertisement -
Ad imageAd image

साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त गरिमामय कार्यक्रमको सहज सञ्चालन संस्थाकी सचिव दीपा रानाले गर्नुभएको थियो। कार्यक्रमले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र श्रमिकको मुद्दालाई जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले उल्लेख गरे।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
scattered clouds
17° _ 17°
94%
शनि
17 °C
आइत
18 °C
सोम
26 °C
मंगल
23 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ