यहाँ किन रहर हुन्छ धेरैलाई सधैँ सधैँ पराईसित रमाउन
मेहनतै नगरिकन थोरै हैन नि अकुत धनसम्पत्ति कमाउन
बुझ्दैनन् किन हो हातको मैला, सुनको थैला के गर्नु धनले,
बन्जरमाटो मरूभूमिमा पनि खोज्छन सधैंँ फलै समाउन।
।।२।।
पातमा झुसिल्किरा लाग्यो भन्दैमा जरै काट्ने छन् यहाँ
सानो कुरामै रगतले लेखि गरेको बाचा साट्ने छन् यहाँ
कस्ता धुन्धुकारि,जन्मदातालाई खाने माकुराहरू जस्तै,
निकृष्टहरू नै म गोविन्दको मुटु कलेजा चाट्ने छन् यहाँ।
।।३।।
भित्र भित्रै कीरा परि फर्सीजस्तै सड्दा पनि थाहा हुन्न मान्छे
मांसाहारी हुदै हैन भन्छे तर दिनदिनै मेरै मुटु कलेजा खान्छे
खुसीमा सिमल भुवाझैँ उड्ने म गोविन्द अहिले फलाम भएँ,
केहि बोल्नै हुन्न धारिला धनुषकाणे तिखा ब्रज बाणले हान्छे।
।।४।।
आफन्ती रुठ्दा र यो मन दुख्दा अलिकति पिउन मन लाग्छ
जीवन यस्तै दु:खदायी छर पनि फेरि हासेरै जिउन मन लाग्छ
म गोविन्द शारीरिक रोग र आफन्तीले नै सताउदा हार नमान्ने,
भएरैहोला दुख्दा फाटेको मन फेरि उनैसित सिउन मन लाग्छ।
गोविन्दराज पौडेल
पाणिनि-७,अडगुरी,अर्घाखाँचीँ।
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1
+1



