Ad imageAd image

फुटबलप्रेमी धरानको नयाँ आकर्षण: रङ्गशाला चोकमा फुटबल स्तम्भ

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धरान l धरानलाई ‘मिनी ब्राजिल’ भनिन्छ । धरानमा ब्राजिलका मानिसहरू जस्तै फुटबल खेलप्रति निकै ठुलो क्रेज र माया छ । यहाँ बच्चादेखि वृद्धसम्म सबै फुटबल मन पराउँछन् । यहाँ धरानलाई ‘मिनी ब्राजिल’ भनिनुका पछाडि फुटबलप्रतिको क्रेज, गहिरो माया, यहाँका मानिसहरूको रगतमा फुटबल बगेको छ भन्दा पनि फरक नपर्ला ।

हरेक चोक र गल्लीमा फुटबल खेलिन्छ, खेलाइन्छ । गल्ली–गल्लीमा फुटबल खेलेजस्तै धरानमा पनि फुटबलको माहौल सधैँ उस्तै हुन्छ । त्यसैले धरानलाई ‘मिनी ब्राजिल’ भनिएको हो । यहाँ वर्षभरि नै विभिन्न साना–ठुला फुटबल प्रतियोगिताहरू भइरहन्छन् । धरानले नै नेपाललाई धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू दिएको छ ।

यसैबिच त्यही फुटबलका गतिविधि भइरहने धरान–१६ स्थित धरान रङ्गशाला नजिकै रहेको रङ्गशाला चोकमा फुटबल स्तम्भ निर्माण गरिएको छ ।

धरान उपमहानगरपालिका र धरान–१६ वडा कार्यालयको संयुक्त लगानीमा करिब साढे ५ लाख रुपैयाँमा फुटबल स्तम्भ निर्माण गरिएको हो । एक कार्यक्रमका बिच धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र १६ नं. वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा बोल्दै कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरान उपमहानगरपालिका र वडाको केही सहयोगका साथै स्थानीयवासीको समेत सहयोगमा सो स्तम्भ निर्माण गरिएको बताए । ‘कम्तीमा फुटबलको पहिचान दिनुपर्छ भनेर स्थानी बासीले कन्सेप्ट दिनुभयो, तपाईँहरूकै भूमिका जोडेर यो स्तम्भ बनाइएको हो ।’ उनले भने । विकास र समृद्धिको ढोका एक जना व्यक्तिले गर्न नसक्ने बताउँदै धरानमा जनसहभागिताले नै विकास सम्भव हुने बताए ।

धरान–१६ का स्थानीयवासी लक्ष्मण बस्नेतले रङ्गशाला जानुअगाडि नै फुटबलले थप पहिचान दिन सफल भएको बताए ।

स्तम्भ रहेको स्थान वरपरलगायत चोकमा १० वटा सिसी क्यामेरा समेत जडान गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिए । उनले धरान–१६ जनपथलाई हराभरा बनाउन अन्य योजनाहरू पनि रहेको सुनाए । उनले जनपथमै रहेका स्वामी चोक, गणेशमान सिंह चोकलगायतका चोकहरू हराभरा बनाउन छुट्टै योजना बुनिसकेको बताए ।

सो स्तम्भ रोजन आर्ट स्टुडियो धरानका रोजन राईले बनाएका हुन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
98%
1 km/h
सोम
22 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
27 °C
शुक्र
26 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ