Ad imageAd image

सगरमाथा चढेर धरान र समुदायको शिर उँचो बनाएकी प्रीति अग्रवाल सम्मानित

3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

धरान l नेपाल अग्रवाल सभा धरानले आफ्ना समुदायको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी प्रीति अग्रवाल रतेरियालाई सम्मान तथा बधाई व्यक्त गरेको छ। शनिवार प्रीति अग्रवालको घर धरान ७ बुद्ध मार्ग पुगी उक्त सम्मान गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष सुनिल अग्रवाल बन्टीले जानकारी दिए । उनका अनुसार अग्रवाल चेलीलाई आफ्नो गृह जिल्ला सुनसरीको धरानमा नेपाल अग्रवाल सभा र नेपाल अग्रवाल महिला मञ्चले संयुक्त रूपमा एकै पटक सम्मान गरेको बताए ।

सुनिलका अनुसार धरानकी स्थानीय त्यसमा पनि माड्वारी समुदायबाट सगरमाथा आरोहण गरी सिङ्गो समुदायको मात्र नभई राज्यकै नाम उच राखेकोमा खुसी व्यक्त गर्दै उक्त सम्मान बधाई कार्यक्रमको आयोजना गरेको जानकारी दिए । प्रीतिलाई सम्मान स्वरूप खदामालाका साथै आफ्ना धर्म संस्कार अनुसार सम्मान गरेका हुन । जहाँ नेपाल अग्रवाल महिला मञ्चकी अध्यक्ष लता अग्रवाल र नेपाल अग्रवाल सभाका अध्यक्ष सुनिल अग्रवाल बन्टी ले बधाई सम्मान सङै उपस्थित माड्वारी समुदायको ब्याक्तित्वहरुले सम्मान व्यक्त गरेका थिए ।

यसअघि आइतबारै सर्वोच्च शिखर सगरमाथाको सफल आरोही पहिलो मारवाडी महिला धरानकी चेली प्रीति अँतेरिया अग्रवाललाई धरान उपमहानगरपालिकाले बिहान ९ बजे कार्यबाहक मेयर कार्यकक्षमा नै सम्मान गरेको थियो । कार्यक्रममा कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले अग्रवाललाई सम्मान गरेका हुन । यसअघि धरान प्रवेशद्वार तीनकुनेबाट उनलाई नगर परिक्रमा गराउँदै उपमहानगरपालिका ल्याएर सम्मान गरिएको थियो ।

कार्यवाहक प्रमुख बेघाले प्रीति रातेरिया अग्रवाल धरानबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला भएको उल्लेख गर्दै पर्वतारोहणसँगै कला, मनोविज्ञान तथा वैकल्पिक उपचारको क्षेत्रमा उनले देखाएको बहु आयामिक योगदान युवा पुस्ताका लागि प्रेरणादायी रहेको बताएका छन् ।

- Advertisement -
Ad imageAd image

सम्मानित प्रीति अग्रवालले उपमहानगरपालिका र आफ्ना समुदाय बाट प्राप्त सम्मानले आफू अत्यन्तै खुसी भएको बताइन् । सो क्रममा सगरमाथा आरोही प्रीति अग्रवालले ‘यो क्षण मैले कल्पना समेत नगरेको बताइन ।

४० वर्षीय प्रीति रातेरिया अग्रवालले २०२६ मे २१ (जेठ ७)गते बिहान ५ः५७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गरेकी थिइन ।

उनका अनुसार बेस क्याम्पबाट शिखरसम्म पुग्न १२ घण्टा लागेको थियो भने शिखरमा करिब आधा घण्टा बिताएर सुरक्षित रूपमा फर्किन २४ घण्टा लागेको बताइन।

द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पाको साथमा सगरमाथा आरोहण गरेकी उनको सफलताले मारवाडी समुदायसँगै नेपाली पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेको बताइएको छ ।

पछिल्ला तीन वर्षदेखि निरन्तर पर्वतारोहण अभ्यासमा रहेकी प्रीतिले यसअघि लोबुचे पूर्व, मेरा पिक, अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो तथा विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहण गरिसकेकी बताएकी छन् ।

धराने प्रीतिले हिमाल आरोहण आफ्नो बाल्यकाल देखिको सपना बोकेको र परिवार प्रेरणा र प्रोत्साहनले आफूलाई सगरमाथासम्म पुग्ने आत्मविश्वास दिएको उनको भनाई थियो ।

पर्वतारोहणसँगै उनी फाइन आर्ट्स तथा एप्लाइड आर्ट्समा स्नातक, जेमोलोजी (रत्न विज्ञान)र काउन्सेलिङ साइकोलोजीमा पोस्ट ग्र्याजुएट डिप्लोमा हासिल गरेकी छन् । प्राणिक हिलिङका तीनै तह पूरा गरी प्रमाणित प्रशिक्षकका रूपमा विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवामा पनि सक्रिय रहेकी छिन ।

सेयर: 29
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
97%
2 km/h
आइत
22 °C
सोम
23 °C
मंगल
21 °C
बुध
25 °C
बिहि
26 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ