Ad imageAd image

धरान–८ मा रास्वपा द्वारा वृक्षारोपण कार्यक्रम, हरियाली प्रवर्द्धन अभियानको पहिलो चरण सम्पन्न

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

​धरान l राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मङ्गलवार वृक्षारोपण गरेको छ ।​वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका ८ नं. वडा समितिले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । पार्टीको ८ नम्बर वडा समितिको आयोजनामा स्थानीय हिमाली सामुदायिक वन फुटबल मैदान क्षेत्रमा पहिलो चरण अन्तर्गतको वृक्षारोपण गरेको पार्टीका धरान नगर सह सचिव सन्दीप शाक्यले जानकारी दिए । ​रास्वपा धरान उपमहानगर समितिका उपसभापति राम कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। त्यस्तै, कार्यक्रममा सङ्गठन विभाग प्रमुख सन्दीप शाक्य, नगर कोषाध्यक्ष ठंगबहादुर राईको विशेष उपस्थिति र ९ नं. वडा सभापति सुधीर कटुवाल लगायतको उपस्थितिमा उक्त वृक्षारोपण सम्पन्न गरिएको हो।

​धरान ८ नं. वडाका कार्यवाहक सभापति शिव तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संयोजन भने सनम थापाले गर्नुभएको थियो।

​पहिलो चरणको यस कार्यक्रममा वातावरण र मानव स्वास्थ्यका लागि फलदायी हुने विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। पार्टीका वडा सदस्य विश्वराम कार्कीका अनुसार वृक्षारोपण क्षेत्रमा ​तेजपता, ​अम्ब, जामुना, ​फडिर, ​चिउरी लगायतका बोटबिरुवाहरू रोपिएको जानकारी दिए ।उनका अनुसार ​”खाली क्षेत्रलाई हराभरा बनाउन यस अभियानले ठुलो सघाउ पुर्‍याउने विश्वास छ।”

​यस वृक्षारोपण अभियानलाई आगामी शनिवार दोस्रो चरण अन्तर्गत पनि विभिन्न प्रजातिका बिरुवाहरू रोपण गर्ने तयारी भइरहेको वडा सदस्य प्रकाश भुजेलले जानकारी दिनुभयो।

- Advertisement -
Ad imageAd image

​रास्वपाले राजनीतिक गतिविधि सँगसँगै सामाजिक र वातावरणीय उत्तरदायित्व बहन गर्दै धरानमा रचनात्मक कार्यहरूलाई तीव्रता दिइरहेको धरान ८ का सक्रिय सदस्य विनोद ढकालले बताएका छन्।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
81%
1 km/h
मंगल
23 °C
बुध
27 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ