Ad imageAd image

धरानलाई समर्पित ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक, एआई प्रविधिको प्रयोग

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धरान l प्रविधि मैत्री बदलिँदो सन्सर सँगै अगाडि बढिरहेको गीत सङ्गीतको दुनियाँमा धराने गीतकार रमेश चक्र खड्काले धरानेहरुका लागि एक फरक खालको धरान चिनाउने नयाँ गीत बजारमा ल्याएका छन् ।


आइतबार अपराहन्न साढे ४ बजे धरान १० पुतली लाइन मास्के कम्प्लेक्स स्थित रहेको मेलो क्याफेमा म्युजिक भिडियो सार्वजनिक एवम् पत्रकार सम्मेलनको आयोजना गरी साँच्चै स्वर्ग धरान मेरो नामक बोलको म्युजिक भिडियो सर्बजनिक गरेसँगै उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन ।


करिब ६ मिनेट लामो रहेको उक्त म्युजिक भिडियो ए आई प्रविधिको प्रयोग गरी धरानका पूर्व पत्रकार जस कुमार राई ( बेखर्जी) ले निर्माण गरेका हुन भने उक्त गीतको रचना गीतकार रमेश चक्र खड्काले गरेका हुन भने स्वर : सङ्गीत ए आईको रहेको छ । त्यस्तै उक्त म्युजिक भिडियोको सम्पूर्ण भिडियोग्राफी धरानका उत्कृष्ट फोटोग्राफर राजेश शाक्यले गरेका हुन । निकै नै उत्कृष्ट लयमा निर्माण भएको उक्त गीतको म्युजिक भिडियो छयाङ्गकन इटहरी धरानको चारकोसे जङ्गल धरान बजार तथा धनकुटाको भेडेटारको स्थानहरूमा खिचिएको हो ।


उक्त म्युजिक भिडियोको धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अध्यक्ष अहिन्द्र विक्रम बेघा पानसमा बत्ती बल्दै प्रोजेक्टरको बटन ओन गरी सर्बजनिक गरेका थिए । उक्त म्युजिक भिडियो लेखक एवम् गीतकार रमेश चक्र खड्का नामको युट्युब च्यानल मार्फत आजबाट हेर्न सुन्न सकिने खड्काले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image
सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
overcast clouds
25° _ 25°
72%
1 km/h
सोम
26 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ