Ad imageAd image

बिरामी बुवाको उपचार खर्च लिएर बीपी जाँदै गरेका प्रधानाध्यापकको धरानमा दुर्घटनामा मृत्यु

2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

धरान l सुनसरीको धरान स्थित बिरामी बुवाको उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार खर्च पुर्‍याउन आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी एक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ ।

ज्यान जानेमा पाँचथरको तुम्बेवा गाउँपालिका वडा न १ घर भई झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ८ दुधे स्थित रहेको राष्ट्रिय रमणीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहेका ४९ बर्सिया गिरिराज शर्मा लिम्बू रहेका छन् ।

शर्मा शुक्रवार दिउँसो करिब २ बजेतिर आफू हाल बस्दै आएको दमक नगरपालिका वडा नम्बर १ बाट आफ्ना ७३ बर्सिया बुवा देउमान शर्माको उपचारको लागि खर्च पुर्‍याउन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष आउँदै गरेका थिए। सोही क्रममा धरान-६ पानबारीस्थित मदन भण्डारी लोक मार्ग स्थित मालपोत छेउ पूर्वपट्ठी रहेको ABC MART अगाडि मुख्य हाइवेमा आफैले चलाएको मोटरसाइकल सडक किनाराको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो भने सोही दुर्घटनामा परि प्रधानाध्यापक शर्माको घटना स्थलमा नै ज्यान गएको हो ।

शर्माले चलाएको मे १२ प २०३ नम्बरको मोटरसाइकलमा तीव्र गतिमा रहेको र उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोकिन पुग्दा दुर्घटना भएको प्रहरी चौकी पानमाराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना लगतै उठाएर बीपी प्रतिष्ठान ल्याइपुराए पनि निजको घटना स्थलमा नै ज्यान गई सकेको थियो । हाल बिपि चिकित्सकको प्रक्रिया अनुसार शर्मालाई मृत घोषणा गरिसकेको छ भने उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 35
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
moderate rain
24° _ 24°
83%
2 km/h
शुक्र
23 °C
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
23 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ