Ad imageAd image

वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रोजगारका लागि विभिन्न देशमा पठाउने प्रलोभन पारी पटक पटक गरेर रकम ठगी गरेको आरोपमा चारजना पक्राउ गरी अनुसन्धानका लागि पठाइएको छ ।  

पक्राउ पर्नेमा सर्बिया पठाइदिन्छु भनी रकम ठगी गर्ने उदयपुर कटारी नपा वडा न‌ १ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षका विकास कुमार घले र ३९ वर्षीय सञ्जय लामा छन् । लामा र घलेलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर टेकु पठाइसकेको रेग्मीले जानकारी दिनुभयो । 

लामा र घलेले टोकियो ओभरसिस दर्ता गरी सरिता घलानलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाए बापत प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी एक लाख तलब हुन्छ भनी प्रलोभनमा पारेको आरोप छ । निजले पीडितबाट पटक पटक गरी जम्मा आठ लाख ९० हजार लिएको उल्लेख छ । 

त्यसैगरी, पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने दोलखा भीमेश्वर न.पा. वडा नं.५ घर भई हाल जिल्ला काठमाडौँ तार्केश्वर न.पा. वडा नं. ८ जरंखु बस्ने ३० वर्षीय पूजा श्रेष्ठलाई पनि  पक्राउ गरिएको छ । 

- Advertisement -
Ad imageAd image

श्रेष्ठले कला पुनलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भनी पटक पटक गरी दुई लाख पन्ध्र हजार रुपियाँ लिई सम्पर्क विहीन भई ठगी गरेकाले पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरी टोलीले श्रेष्ठलाई नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

त्यस्तै, मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट बुद्धावन न पा वडा नं‍ ४ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका वडा नं‍‍ ३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । शाहलाई सिनामंगलबाट पक्राउ गरिएको हो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
43%
3 km/h
बुध
29 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ