Ad imageAd image

अब तीन दिन संसद र तीन दिन समितिको बैठक

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । संसद्को आउँदो हिउँदे अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुनेगरी कार्यतालिका तयार गरिएको छ ।

संसद् सचिवालयले बनाएको तीन महिने सो प्रस्तावमाथि आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच भएको छलफलमा सो कार्यतालिका बनाइएको हो । पहिलो चरणमा माघ २२ गतेदेखि १५ दिनसम्मका लागि कार्यान्वयन हुनेगरी समर्थन गरिएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुन दिन संसद् बैठक बस्छ भन्ने पहिल्यै जानकारी हुनेभएकाले सांसदलाई समय व्यवस्थापन गर्न सहज हुने बताउँदै त्यही बिचमा सरकारले कस्ता विधेयक पेस गर्ने पूर्व निर्धारण गर्नेगरी सहयोग गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । साथै हरेक महिनाको अन्तिम साता संसद्को बैठक आयोजना नगरी सांसदलाई आफ्ना क्षेत्र र जनताका बिचमा जानका लागि समय दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा सभामुख घिमिरेले माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकार र राजनीतिक दल गम्भीर भइ संसद् सचिवालयलाई सघाउन आग्रह गर्नुभएको थियो ।

- Advertisement -
Ad imageAd image

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
clear sky
25° _ 25°
61%
1 km/h
शनि
27 °C
आइत
32 °C
सोम
31 °C
मंगल
32 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ