रूकुमका पालिकाहरूले जनयुद्ध दिवसमा बिदा दिएपछि कांग्रेस र एमालेको विराेध

नवीन्द्र के.सी
नवीन्द्र के.सी
अध्यक्ष/सम्पादक
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । रूकुम पश्चिममा माओवादीले नेतृत्व गरेका पालिकाहरले जनयुद्ध दिवसमा बिदा दिएपछि कांग्रेस र एमालेले विराेध गरेका छन् ।

रूकुम पश्चिममा आठबिसकाेट तथा चौरजहारी नगरपालिका र बाँफिकाेट गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक बिदा दिएका बेला कांग्रेस र एमाले नेताले विराेध जनाउँदै फिर्ता लिन आग्रह गरेका हुन् । बाँफिकाेटमा भने कांग्रेसका अध्यक्षले नेतृत्व गरेका छन् ।

कांग्रेस महाधिबेशन प्रतिनिधि तथा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष खडक डाँगी र एमाले कर्णाली प्रदेश कमिटी निवर्तमान सचिवालय सदस्य नारायण कुमार शाहले सर्बोच्चको आदेशलाई नमान्नु भनेको संविधान नमान्नु र रुकुमका स्थानीय तहको नेतृत्व गरेका नेतृत्वकर्ता नै संविधानको भक्षक र तानाशाह प्रवृति देखाएको बताए ।

कांग्रेस नेता डाँगीले भने, `म र हाम्रो पार्टीले कहिले पनि जनयुद्धलाई नमान्ने बरू त्यसलाई तथाकथित हिंसात्मक आन्दोलनका रुपमा लिएको छ ।´

सर्वाेच्च अदालतले समेत जनयुद्ध दिवसकाे विदालाई खारेज गरेका बेला पालिकाहरूले न्यायपालिकाकाे फैसलाकाे धज्जी उडाउँदै आफूखुसी बिदा दिएपछि चौतर्फी विराेध भइरहेको छ ।

सेयर: 67
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
अध्यक्ष/सम्पादक  nabindra@thailandnepal.com  Web

अध्यक्ष/सम्पादक

मौसम
22°C
Kathmandu
haze
22° _ 22°
53%
2 km/h
आइत
24 °C
सोम
26 °C
मंगल
26 °C
बुध
26 °C
बिहि
25 °C
ट्याग गरिएको:
अध्यक्ष/सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ