सीटीईभीटीका उपाध्यक्ष अधिकारीमाथि क्रान्तिकारीले दल्यो कालोमोसो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोहन वैद्यनिकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरूले कालोमोसो दलेका छन् । आज आईतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै गएर कालोमोसो दलिएको छ ।

अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको लगायत आरोप लगाइएको छ । सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको क्रान्तिकारीको आरोप छ ।

कर्मचारीको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिक रंग घुसाउने र भाग माग्ने गरेको आरोप छ । उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि प्रश्न उठाइएको छ । क्रान्तिकारी आन्दोलनविरुद्ध राज्यशक्ति दुरुपयोग गर्दै तथानाम लेख्ने बोल्ने र मानमर्दन गर्ने गरेको क्रान्तिकारीको आरोप छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ