आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

दाङ: लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्नुहुने कार्यसूचि पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
72%
2 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
22 °C
शुक्र
10 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ