काठमाडौं । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ ।
विश्वसामु नेपाली युवाको सान: प्रलाद चौहानले प्राप्त गरे ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’
काठमाडौं । नेपालका प्रभावशाली युवा उद्यमी परशुराम चौहान ‘प्रलाद’ अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित विश्व कीर्तिमानसँग जोडिन सफल भएका छन्। चौहानलाई अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’ द्वारा विशेष सम्मान प्रदान…


