बैंककमा महाशिवरात्रि पर्वको रौनक, राजदुत ओलीद्धारा विषेश पुजा

लोकेन्द्र ओली
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । नेपालमा मात्रै होइन, थाइल्यान्डको राजधानी बैंककमा पनि महाशिवरात्रि पर्वको रौनक बढेको छ । बैंककस्थित त्रिनाथ मन्दिरमा भगवान शिवको पुजा गर्न नेपाली भाषीहरुको भिड बढिरहेको छ ।

मन्दिरमा पुजा गर्न थाइल्यान्डका लागि नेपाली राजदुत धनबहादुर ओलीसहित दुतावासको जम्बो टोली बिहानमात्रै त्रिनाथ मन्दिरमा दर्शन गर्न आएका थिए । राजदुत ओलीको परिवारसहित नेपाली राजदुतावासमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले मन्दिरमा भगवान शिवको पुजा गरेका थिए ।

मन्दिरमा भेटिएका राजदुत ओलीले संसारभर छरिएका नेपाली र नेपाली भाषीहरुलाई आफ्नो मौलिक संस्कृति र पर्वले जोडिरहेको बताए । ‘हाम्रो संस्कृति र पर्वहरु एकताको सुत्रधार हुन्,’ ओलीले थाइल्याण्ड नेपालसँग् भने, ‘नेपालीहरु जहाँ रहेपनि, जस्तो अवस्थामा रहेपनि यिनै पर्वहरु जोडिरहेका छन् । ’

राजदुत ओलीले थाइल्याण्डको बैंककमा रहेका नेपाली भाषीहरुमा महाशिवरात्रि पर्वको अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् । बैंककको त्रिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा थप रौनक भने बेलुकी ८ बजेदेखि राती १२ बजेसम्म हुने छ । भक्तजन र पुजाकालागि व्यवस्थापन त्रिनाथ थाइ—नेपाल समाजले गरिरहेको छ । आज विश्वभरि रहेका नेपाली हिन्दुहरुले शिवको आरधानागरि महाशिवरात्रि पर्व मनाउँदैछन् ।

शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । आजको दिन भगवान महादेवलाई जाडो हुने भएकाले घरघरमा गई दाउरा मागेर धुनी जगाउने प्रचलन समेत छ ।

सेयर: 74
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ