महिला अधिकारका लागि छुट्टै निकाय स्थापना हुन्छ: मन्त्री चौधरी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, फागुन २५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने बताउनुभएको छ ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रवार यहाँ आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो ।

मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धि हेर्ने छुट्टै संस्थाको व्यवस्था हुनेगरी बजेट ल्याउने उहाँको भनाइ छ ।

सरोकारवाला निकाय र विज्ञहरुले पनि महिला विकासको क्षेत्र हेर्ने छुट्टै निकायको आवश्यकता औंल्याएकाले सरकारले अगामी बजेट, नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

मन्त्री चौधरीले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुगाउने लक्ष्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा हामीसँग त्यसबेला ७५ जिल्ला हुँदा महिला विकास अधिकृत जिल्ला–जिल्लामा हुन्थे । महिला विभाग पनि थियो । त्यो पनि अहिले खारेज भएको छ ।

अब हामी महिलाका लागि तीन वटै तहबाट एउटा संरचना बनाएर अघि बढ्ने सोंच बनाएको उहाँले चर्चा गर्नुभयो । मन्त्री चौधरीले महिला मन्त्रालयमा बजेट बढाउने विषयमा पनि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सम्बन्धित पक्षले महिला अधिकारको क्षेत्रमा काम गर्न राज्यले लगानी बढाउनुपर्नेमा दिनुभएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
शुक्र
25 °C
शनि
21 °C
आइत
22 °C
सोम
24 °C
मंगल
15 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ