Ad imageAd image

एकल महिलालाई बाख्रा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले अति गरीब एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।

बाख्रा पालन गरि आम्दानी बृद्धिकालागि एकल महिलालाई बाख्रा बितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनु भयो। “हामीले अति गरीब एकल महिलाहरुको आम्दानी बृद्धिकालागि बाख्रा वितरण गरेका छौं”, उहाँले भन्नु भयो, “ति बाख्राबाट राम्रो आम्दानी लिनुहुने छ, भन्ने हाम्रो विश्वास छ ।”

वडा भित्रका १० जना महिलाहरुलाई छनोट गरि बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको हो । यस अघि बाख्रा पालन गर्दै आएका त्यस्ता महिलाहरुलाई छनोट गरिएको वडा सचिब गणेश आचार्यले जानकारी दिनुभयो।

- Advertisement -
Ad imageAd image

वडाले नै खरिद गरेर बाख्रा वितरण गरेपछि महिलाहरु पनि खुसी भएका छन् ।“बोयर जातका बाख्रा हामीले पायौं”, बुधनी चौधरीले भन्नु भयो,“यसले हामीलाई आर्थिक आम्दानीमा टेवा पु¥याउने छ ।”

एकल महिलाको आम्दानीको अन्य स्रोत नहुँने भएकाले ब्यबसायिमा टेवा पु¥याउन यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने अर्की महिला लक्ष्मी घर्तीले बताउनु भयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
moderate rain
27° _ 27°
74%
5 km/h
शुक्र
29 °C
शनि
28 °C
आइत
23 °C
सोम
25 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ