Ad imageAd image

वैदेशिक रोजगारीमा ठगीको घटना बढ्दै,दुई जना पक्राउ

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-११ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङ्गला गाउँपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेकाे उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रु. दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनी रु. ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।”उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
91%
1 km/h
बिहि
22 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
21 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ