Ad imageAd image

७६(२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई कानुनविद्हरूको सुझाव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

२८ असार, काठमाडौं । कानुनविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।
राष्ट्रपति पौडेलले बोलाएका कानुनविदमध्ये सबैजसोले ७६(२) को प्रक्रियामा जोड दिए भने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिए । ज्ञवालीको सुझावअनुसार सरकार बनाउँदा ठूलो दलको आधारमा सरकार बनाउने प्रक्रियामा जानुपर्ने हुन्छ ।

छलफलमा सहभागी नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार संविधानतः र राजनीतिक रूपमा पनि उपधारा २ अनुसारको प्रक्रियामा कानुनविदहरूको जोड थियो । ‘एकातिर संवैधानिक व्यवस्था र नजीरहरूले समेत सुरुवाती प्रक्रियाबाट नै सरकार गठन गर्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ,’ कानुनविद्हरूको सुझावलाई उदृृत गर्दै उनले भने, ‘कुनै दलले बहुमत जुटाउँछु भनी दाबीसहित प्रयास गर्दागर्दैै अर्को प्रक्रियामा जानु हुँदैन भन्ने हामी सुझावको सार थियो ।’

सेयर: 20
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
light rain
23° _ 23°
73%
5 km/h
आइत
23 °C
सोम
26 °C
मंगल
23 °C
बुध
25 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ