काठमाडौँ, २८ असारः राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नुभएको छ । राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको उल्लेख छ । “प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’ २४औं शृङ्खला सम्पन्न: भाषा, साहित्य र संस्कृतिको जगेर्नामा जोड
बैंकक – जनैपूर्णिमाको पवित्र अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २४औं संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। अगस्ट २६ तारिख बुधबारका…


