Ad imageAd image

बागमती प्रदेश सभा सचिवालयले बोलायो सर्वदलीय बैठक

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेका पाँच वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिनुभयो ।

संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उहाँले बताउनुभएको छ ।

उहाँले संसद्को आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री सालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३ औँ अधिवेशन अन्त्य गरिएको थियो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
32°C
Kathmandu
clear sky
32° _ 32°
11%
5 km/h
मंगल
31 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ