बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

बागमती : बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदैछ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका दुई सयभन्दा बढी सहभागिता हुने उपाध्यक्ष चौलागाईँले बताउनुभयो ।

प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनमा सहभागी युवाबीच आपसी सञ्जाल निर्माण, नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापलगायत कार्यक्रम हुनेछ । विश्वविद्यालय शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको तथा उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति बढेको विषयमा पनि केन्द्रित छलफल हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
26%
3 km/h
शुक्र
28 °C
शनि
31 °C
आइत
32 °C
सोम
33 °C
मंगल
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ