Ad imageAd image

सुदूरपश्चिममा भुवा पर्व सुरू, बिहानैदेखि चाली नाचकाे राैनक

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बाजुरा । बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व  आजदेखि सुरु भएको छ। दशैं तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइने भुवा पर्व आजदेखि  विधिवत् रुपमा सुरु भएको हो।  महाभारतको युद्धका पाण्डव र कौरव बीचको गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन्। पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरेको जन विश्वास छ ।  भुवा पर्व पुषे औँसीका दिनबाट सुरु भई तीनदेखि पाँच दिनसम्म मनाइने गरिन्छ।

आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ। सुदूरपश्चिमका अछाम, बझाङ लगायत बाजुरा जिल्लाको बुढिगंगा बडिमालिका,बुढिनन्दा,त्रिवेणी नगरपालिका,र खप्तड छेडेदह तथा गौमुल गाउँपालिकाका गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्।

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबारसहित भुवा चाली खेल्ने,लाखे नाच नांच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ। सदरमुकाम मार्तडीमा बिहानै सबै टोल–टोलमा आगोका राँकाहरू बालेर स्थानीयहरू एकै ठाउँमा जम्मा भई भुवा चाली खेलिरहेका छन् ।

जिल्लाका अरू स्थानीय गाउँहरूमा  पनि राँके नाच र भस्व खेलिएको छ। सत्यको जितसँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको भुवा पर्वका जानकाररुले बताउने गरेका छन्। भुवा पर्वको सन्दर्भमा आज बाजुरामा सार्वजनिक बिदा दिइएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
66%
शुक्र
27 °C
शनि
30 °C
आइत
32 °C
सोम
32 °C
मंगल
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ