नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि टीकापुरमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

कैलाली । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि टीकापुरमा सुरु हुदैछ । आजदेखि सुरु हुने महाधिवेशन पुस २८ गतेसम्म चल्नेछ ।

महाधिवेशनमा देशभरबाट १ लाख ५० हजार नागरिकको सहभागिता रहने र त्यसमा ८ हजार प्रतिनिधि रहने पार्टीले जनाएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिनुभयो । अधिवेशनको आज दिउँसो उद्घाटन हुने र आज रातीदेखि बन्द सत्र सुरु हुने आर्थिक व्यवस्थापन संयोजक तथा सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।

अधिवेशन व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमिति मार्फत काम भइरहेको र उद्घाटन कार्यक्रममा सहभागी हुन आउने पार्टीका नेता कार्यकर्ता र पाहुनाहरू टीकापुर पुग्ने क्रम जारी रहेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा मेस सञ्चालन समिति संयोजक रामेश्वर चौधरीले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ