आठ गोलको थ्रिलरमा रियल विजयी, ग्रिजमानको कीर्तिमान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । साउदी अरबमा आयोजित स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिडले आठ गोलको थ्रिलरमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । बुधबार भएको खेलमा रियल ५–३ गोलअन्तरले विजयी बन्यो ।खेलमा रियल छैटौँ मिनेटमा नै पछि परेको थियो । मारियो हर्मोसोले एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

तर, २० औँ मिनेटमा एन्टोनियो रुडिगरले रियलका लागि बराबरी गोल फर्काए । ९ मिनेटपछि फर्लान मेन्डीले ड्यानी कार्भाहालको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । रियलको अग्रता लामो समय भने टिक्न सकेन । ३७ औँ मिनेटमा एन्टोनियो ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे । क्लबका लागि उनको यो रेकर्ड १ सय ७४ औँ गोल थियो ।

उनले लुइस आरागोनेसको कीर्तिमान भङ्ग गरेका हुन् । दोस्रो हाफको ७८ औँ मिनेटमा रुडिगरले आत्मघाती गोल गरेपछि एट्लेटिकोले पुनः अग्रता लियो । तर, कार्भाहालले ८५ औँ गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए । निर्धारित समयमा बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो ।

जसमा स्टेफन साभिचले आत्मघाती गोल गर्नुका साथै ब्राहिम डियाजले अर्को गोल थपेपछि रियल फाइनलमा प्रवेश गर्‍यो । अब रियलले फाइनलमा ओसासुना र बार्सिलोनामध्ये एकको सामना गर्नेछ । बिहीबार हुने खेलमा बार्सा विजयी बने फाइनलमा लगातार दोस्रो एल क्लासिको हुनेछ । गत वर्ष बार्सा ३–१ गोलले विजयी बनेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ