काठमाडौँ । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुखका लागि राप्रपाका विष्टको मात्र उम्मेदवारी परेपछि उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक रहनुभएको थियो । राप्रपाका विष्टलाई सत्ता गठबन्धन र नेकपा एमालेको समेत समर्थन रहेको थियो ।नवनिर्वाचित सभामुख विष्टले आजै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
कोशी प्रदेशको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

