राष्ट्रिय सभा सदस्यका उम्मेदवार विकका विरुद्ध उजुरी दर्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका एक जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा आज सत्तारुढ गठबन्धनका दलित समूहबाट उम्मेदवारी दिनु भएका विष्णु विक विरुद्ध उजुरी दर्ता भएको हो ।

नेकपा माओवादी केन्द्र (कालिकोट) का विष्णु विकको विरोधमा सोही समूहबाट उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएका हिक्मत विकले उजुरी दर्ता गराउनु भएको निर्वाचन आयोगले जनाएको छ । कालिकोटका विष्णु विक यसअघि प्रतिनिधि सभा निर्वाचनमा दलित तर्फको समानुपातिक बन्द सुचीमा रहेको निवेदकको दाबी छ । निवेदक हिक्मत विक नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबी विरोध र उजुरी दिने समय तोकिएको थियो ।

उम्मेदवारी उपर पुस २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते प्रदान गरिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताउनुभयो । उहाँले कर्णालीबाट निर्वाचनमा तीन पदका लागि महिला, दलित, अन्य समुदायबाट ६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ