वाशिङ्टन (अमेरिका), १७ असार : अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा छलफल गरेका छन् । अमेरिकामा रहेका नेपालीले बिपीको सङ्घर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रका कारण विदेशी भूमिमासमेत नेपालीले अवसर पाएका टिप्पणी गरेका हुन् । डा श्याम कार्कीले पुस्तकले नेपाल र नेपालका अग्रजहरुले गरेको त्याग समर्पणलाई समेटेको उल्लेख गर्नुभयो । “त्यो बेलाको कङगारु कोर्टमा उपस्थित भएर बिपी कोइरालाले नागरिकको आवाज बुलन्द पार्नुभएको थियो”, उहाँले भन्नुभयो, “यस्तो महत्वपूर्ण दस्तावेजले अमेरिकी समाजमा नेपालको बारेमा थप जानकारी पस्किने अवसर प्रदान गरेको छ ।” पत्रकार मधुकर अधिकारीले आधा शताब्दी अगाडि बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको विषय नागरिकको मौलिक हक, अधिकार र प्रजातन्त्रका लागि महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । कार्यक्रममा पुस्तकका लेखक घिमिरेले विदेशमा बस्ने दोस्रो पुस्ताका युवालाई लक्षित गरेर बिपीले अदालतमा व्यक्त गर्नुभएको विषयलाई अनुवाद गरी पुस्तकका रुपमा तयार पारिएको बताउनुभयो । जय नेपाल इन्टरनेशनल फाउण्डेशनको संयोजनमा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा यादव पण्डितले बिपीको योगदान भावी पिँढीसम्म पु¥याउन लेखकले गर्नुभएको प्रयासको प्रशंसा गर्नुभयो । केशव शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष रविना थापा, नेपाली कांग्रेसका महासमिति सदस्य गौतम दाहाल, गोपाल विश्वकर्मा, राज सेञ्चुरी, आनन्द घिमिरे, विष्णु बराल, प्रवासी मञ्चका प्रभुराम थापा, नारायण थापा, नेत्र केसी, चित्रा केसी, शोभा घिमिरे, डोलनाथ घिमिरेलगायत वक्ताले बिपीको योगदान र अदालती बयानका विभिन्न पक्षको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

प्रतिक्रिया
ट्रेन्डिङ
नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण
लन्डन । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले आर्थिक…
नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने
नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका…
एशियाली खेलकुद पौडी छनोट विवाद: आर्थिक चलखेलको आशंका गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं - आगामी २०औं एशियाली खेलकुद प्रतियोगिताका लागि पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर आर्थिक चलखेल…
कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् ।…

