Ad imageAd image

सुर्खेतमा बस दुर्घटना ११ जना घाईते, चार गम्भीर ( विवरण सहित)

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । नेपालगन्जबाट जाजरकोटको लिस्सा जाँदै गरेको बस सुर्खेतमा दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । ना ४ ख ९३१७ नम्बरको यात्रुबहाक बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।बसमा १९ जना यात्रु सवार थिए । बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४, बस्ने २४ वर्षीय प्रकाश मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको विवरण-

- Advertisement -
Ad imageAd image

जिल्ला जाजरकोट बारेकोट गा.पा.१ बस्ने वर्ष ६५ कि कलि नेपाली,रुकुम पश्चिम चौरजहारी न.पा.१ बस्ने वर्ष ४८ को विजय गोसाईं, वर्ष ४८ कि खुमा कुमारी गोसाईं, जाजरकोट भेरी नपा १ बस्ने वर्ष १५ कि गृष्मा राना, दैलेख चामुण्डामा ग.पा.२ बस्ने वर्ष २३ गणेश थापा, जाजरकोट छेडागाड न.पा. १३ बस्ने वर्ष १७ कि लक्ष्मी सिंह,वर्ष २० को गोविन्द सिंह, बाँके कोहलपुर न.पा.२ बस्ने वर्ष ४२ को लाल बहादुर सिंह, जाजरकोट नलगाड न.पा. ५ बस्ने वर्ष ५२ को भीम बहादुर सिंह, डोल्पा त्रिपुरा सुन्दरी गा.पा. ४ बस्ने वर्ष २१ कि रनिता परियार, रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ३० कि केतना नेपाली घाईते हुनुभएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
50%
2 km/h
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ