Ad imageAd image

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

कर्णाली, कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मङ्गलबार राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै तीन मन्त्रालय रिक्त रहेका थिए ।

मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९¬) बमोजिम नियुक्ति, हेरफेर कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेसँगै रिक्त तीनवटै मन्त्रालय मुख्यमन्त्री शर्माले हेर्नुहुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

निमित्त सचिव थानीका अनुसार कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा भीम प्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
69%
1 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ