त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको सूचना रद्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले यसअघि गरेको दरखास्त आह्वानसहितको सूचना रद्द गरेको छ । समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्ने भनिए पनि उक्त सूचनामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख थियो ।

पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालियो भन्दै विरोध भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको जानकारी दिएको हो ।

सूचनामा राखिएको अनुभवको त्यस्तो प्रावधानले योग्य मान्छेहरूका लागि ढोका बन्द हुने भन्दै तत्काल सच्याएर अर्को सूचना जारी गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए । उनले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राख्न निर्देशन दिएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ