राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले साढे तीन लाखसम्म मात्र खर्च गर्न पाउने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ ।
निर्वाचन आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकेको हो ।


उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।


उम्मेदवारले बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली खर्च गर्न र खर्च गर्ने पदाधिकारीसहितको विवरण निर्वाचन कार्यालयमा जानकारी गराउन पनि आयोगले निर्देशन दिएको छ ।


त्यसैगरी, निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन दिएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन यही माघ ११ गते हुदैछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ