प्रधानमन्त्री कप क्रिकेट : एपीएफले बागमतीलाई हरायो

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकालेको हो । जितका लागि दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८९ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाएका हुन् । ओपनर आशुतोष घिरैयाले ५७ बलमा पाँच चौकासहित ४१ रन बनाए । त्यसबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका रोहित पौडेलले चार विकेट लिए भने अभिनाश बोहरा र श्याम ढकालले समान दुई–दुई विकेट लिए । पूरण विक र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । उनले सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।

त्यस्तै, लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०/१० रन बनाए ।

बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यस्तै, सोनु देवकोटाले एक विकेट लिए । यस हारसँगै बागमती प्रदेशको यो दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
94%
3 km/h
मंगल
28 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ