Ad imageAd image

अस्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

क्यानबेरा। अस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली किआङलाई क्यानबेराको संसद भवनमा भव्य स्वागत गरिएको थियो ।

सन् २०१७ पछि भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारीका रूपमा लीले आफ्नो अस्ट्रेलिया भ्रमणले सम्बन्ध सुधार र स्थिर विकासको सही बाटोमा रहेको बताउनुभयो । उहाँले अस्ट्रेलियाली नागरिकलाई चीनमा सीमित भिसामुक्त पहुँच प्रदान गर्ने शाखाको पनि प्रस्ताव गर्नुभयो ।

“हामी सधैँ सहमत हुने छैनौँ, र यदि हामी असहमत भएका बिन्दुलाई मौन छोड्छौं भने त्यो समाधानको बाटो हुनेछैन,” अल्बानिजले भन्नुभयो । ‘आपसी सम्मान, मतभेद र पारस्परिक फाइदाजनक सहयोगलाई त्यागेर साझा आधार खोज्नु’ सम्बन्धका लागि महत्त्वपूर्ण भएको चिनियाँ प्रधानमन्त्री लीले आफ्नो अस्ट्रेलिया भ्रमणको सुरुमा बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

लीको चार दिने भ्रमणले प्रमुख अस्ट्रेलियाली निर्यातको श्रृङ्खलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीनको अस्ट्रेलियासँगको व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ ।

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आफ्नो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो ।सन् २०२३ मा दुईतर्फी व्यापार ३२७ अर्ब अस्ट्रेलियन डलर (२१६ अर्ब डलर) पुगेको थियो ।

सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँगको कुटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाइका मासुकासाथै वाइनको निर्यातमा समस्या भएको थियो ।ती प्रतिबन्धहरूले अस्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अष्ट्रेलियाली डलर ९१३ अर्ब अमेरिकी डलर० घाटा लागेको थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
thunderstorm
23° _ 23°
88%
3 km/h
बिहि
23 °C
शुक्र
24 °C
शनि
28 °C
आइत
28 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ