Ad imageAd image

अस्ट्रेलियासँगको ‘मतभेद हटाउन’ चिनियाँ प्रधानमन्त्री लीको आग्रह

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

सिडनी । चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गर्नुभएको छ ।

चार दिने कूनीतिक भ्रमणका लागि एडिलेडमा अवतरण गरेपछि प्रधानमन्त्री लीले चीनद्वारा प्रमुख अस्ट्रेलियाली निर्यातहरूविरुद्ध दण्डात्मक व्यापार प्रतिबन्ध हटाएसँगै मेलमिलापको प्रस्ताव गर्नुभयो ।

“पारस्परिक सम्मान र साझा आधार खोज्दै मतभेदहरू मेटाउने चीन–अस्ट्रेलिया सम्बन्धमा पारस्परिकरूपमा लाभदायक सहयोगका रूपमा रहेको बहुमूल्य अनुभवलाई अगाडि बढाउनुपर्छ”, उहाँले लिखित आगमन वक्तव्यमा भन्नुभयो, “अधिक परिपक्व, स्थिर र फलदायी व्यापक रणनीति साझेदारी दुवै मुलुकका जनताद्वारा साझा गरेको खजाना हुनेछ ।”

- Advertisement -
Ad imageAd image

राष्ट्रपति सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता ली संसाधन सम्पन्न महादेश अस्ट्रेलियामा आफ्नो कूटनीतिक मिसनको सरुआतमा एडिलेड पुग्नुभएको छ । उहाँ सन् २०१७ पछि अस्ट्रेलियाको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ अधिकारी हुनुहुन्छ ।

चीनले पूर्व कन्जरभेटिभ सरकारसँग कूटनीतिक मतभेदका क्रममा सन् २०२० मा वाइन, काठ, जौ र गाईको मासु निर्यातमा लगाइएको व्यापार प्रतिबन्धलाई क्रमशः हटाएको छ ।

यी उपायले अस्ट्रेलियाली निर्यातकहरूलाई प्रतिवर्ष २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिक डलर) खर्च गर्ने अनुमान गरिएको छ । सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकार सत्तामा आएपछि र बेइजिङप्रति नरम कूटनीतिक दृष्टिकोण अपनाएपछि दुवै मुलुकबीच आर्थिक सम्बन्धमा सहजता आएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
33°C
Kathmandu
clear sky
33° _ 33°
10%
3 km/h
मंगल
33 °C
बुध
33 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ