गौशाला-२६ द्वारा साइबर ब्युरोमा जाहेरी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनीयता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा आज उजुरी दिनुभएको छ । 

ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । गौशाला २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुनुहुन्छ । 

काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो । 

तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य हुन् । पीडित युवतीको पहिचान सार्वजनिक गरेको भन्दै रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ